एसोसिएसन अफ नेपाल तराइ इन अस्ट्रेलिया एन्टाको सह्योग्मा रौतहटमा २७५ घरधुरीमा राहत स्वरूप खाध्यान वितरण भएको छ l अस्ट्रेलियामा रहदै आएको मधेशीहरुको छाता संगठन एसोसिएसन अफ नेपाल तराइ इन अस्ट्रेलिया एन्टाको सहयोगमा रौतहट जिल्लाको माधवनारायण , गौर र राजदेवी नगरपालिकाक बिभिन्न वार्डहरुमा बाढ पिडितहरुलाई राहत वितरण गरिएको हो l माधवनारायण नगरपालिकाको वार्ड नम्बर ७ फुलबरिया , रजवाडा, र राजदेवी नगरपालिकाको वार्ड नम्बर ३ र ४ बसतपुर , गडहिया, चंदियामा गरि २७५ घरधुरीलाई राहत स्वरूप प्रति घरधुरी १० किलो चामल र १ - १ किलो दाल , नुन र तेल र १/२ किलो सोयाबिन वितरण गरिएको हो l माधवनारायण नगरपालिकामा १०० , राजदेवी नगरपालिकामा १६५ र गौर नगरपालिकामा १० गरि जम्मा २७५ घरधुरीलाई राहत उपलब्ध गराइएको हो l अषाढ अन्तिम हप्ता आएको विनाशकारी बाढीबाट सो क्षेत्रका हजारौ घरहरु प्रभावित भएको थियो l